Logo

२७ माघ,वीरगञ्ज । बारामा अगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।शक्ति युवा क्लब परवानीपुरको आयोजनामा तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।

शनिबार बसेको सर्वदलीय युवाहरुको बैठकले तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको संयोजकमा सुबोध श्रीवास्तव र सहसंयोजकमा दिपक यादवलाई जिम्मेवारी दिएको छ ।

शक्ति युवा क्लब परवानीपुरका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई जिम्मेवारी दिएको हो ।

बैठकमा स्थानीय युवाहरु , संजय मण्डल ,सुरेश यादव , देवबाबु यादव ,ध्रुव साह ,रवी राम , कृष्णा साह ,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव सहित ६० जना युवाहरूको सहभागीता थियो ।


सम्बन्धित समाचार