Logo

२७ माघ,वीरगञ्ज । भूमि सुधार तथा मालपोत कार्यालय, बाराका खरिदारलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । कलैया उपमहानगरपालिकास्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

न्यायाधीशहरु टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो । साहमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको आरोप थियो । विशेष अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।


सम्बन्धित समाचार