Logo

२७ माघ,वीरगञ्ज । नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग थर्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले २८६० औं सोनाम ल्होछार यस वर्ष वीरगंजमा विभिन्न कार्यक्रमसहित सार्वजनिक रूपमा मनाउदैछ ।

नेपाल तामाङ घेदुङ र टाँसी साङ्ग थर्वालिङ्ग बौद्ध गुम्बा वीरगञ्जले सोनम ल्होछारको अवसरमा वीरगञ्जको भिस्वा स्थित गुम्बामा धार्मिक विधि अनुसार पूजापाठ गरी त्यसपछि शोभायात्रा सहित आदर्शनगर स्थित पूरानो बसपार्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने सांस्कृतिक कार्यक्रमका संयोजक सन्नी पाख्रिनले बताउनुभयो ।

उहाँका अनुसार आज थर्वालिङ्ग बौद्ध गुम्बा वीरगंजमा बिहान पूजाअर्चना गरिने, त्यसपछि शोभायात्रा निकालेर पुरानो बसपार्क पुग्ने र त्यहाँ डेढ घण्टा पूजा गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गरिने र विभिन्न परम्परागत खानाहरूको स्टल राखिने बताउनुभयो ।

यसअघि सोनम ल्होछार वीरगञ्जमा मनाउँदै आए पनि यस वर्षदेखि सार्वजनिक कार्यक्रम गरी मनाउन थालिएको नेपाल तामाङ घेदुङका जिल्ला सचिव छेडुप लामाले बताउनुभयो ।


सम्बन्धित समाचार