Logo

२७ माघ,वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगञ्ज महानगरपालिका आउने भएका छन् ।

वीरगञ्जको पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु हुन लागेको सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञको उद्धघाटन गर्न उपराष्ट्रपति यादव वीरगञ्ज आउने भएका हुन् ।

उनी १०ः२५ को विमानबाट वीरगञ्ज आउने कार्यक्रम तय भएको उपराष्ट्रपतिको सचिवालयले जनायो ।

उपराष्ट्रपतिका प्रमुख स्वकिय सचिव आनन्द कुमार यादवका अनुसार उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित पोस्ट मेटल वार्डको उद्धघाटन गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार