Logo

३ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिकाको वडा ४ मा चितुवाले दैनिक आतङ्क मच्चाउन थालेको छ । बितेको २ दिन यता लगातार भिन्नाभिन्नै ठाउँमा खोरमा नै झम्टेर बाख्रा मारेपछि बाख्रापालक किसानहरु त्रसित बनेका छन्।

चितुवाले मङ्गलबार राति वडा –४ को गुम्बालाईनका किसान हल बहादुर श्रेष्ठको खोरमा झम्टेर एउटा माउ बाख्रा मारेको कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिनुभयो ।

यस्तै चितुवाले बुधबार साँझ र राति सोही वडाकै मालीवस्तीको अलग अलग खोरमा झम्टेर स्थानीय दुई जना किसानले पालेको एउटा माउ बाख्रा र बोका मारेको छ । मालिवस्तीका किसान अक्कल बहादुर मुक्तान र शेर बहादुर बुढाथोकीको घरमा पालेको बाख्रा र बोकालाई चितुवाले मारेको हो ।

चितुवाले दिनहुँ गाउँमा त्रास उत्पन्न गराउन थालेपछि स्थानीयवासी त्रसित बन्न थालेको अध्यक्ष पाख्रीनको भनाई छ उहाँका अनुसार बितेको माघ महिनामा मात्र वडा ४ मा मात्र ३ वटा पशु चौपाया चितुवाले घरगोठमा नै आक्रमण गरेर मारेको थियो ।

चितुवाले गाउँमा नै आतङ्क मच्चाउन थालेपछि संरक्षणमा नै समस्या हुने हो कि भन्ने पनि उहाँको चिन्ता छ ।

 


सम्बन्धित समाचार