Logo

५ फागुन,जनकपुर ।महोत्तरीको सम्सीमा दुई समुदाय बीच झडप भएको छ ।

जिल्लाको सम्सी गाउँपालिका–२ स्थित पर्सामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको हो ।
सो झडपका क्रममा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा अस्मिता खातुन,गुलशान खातुन,इजराईल नदाफ घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ।
सम्सी गाउँपालिका वडा नम्बर १ बाट सुरु भएको कलश यात्रा वडा नम्बर २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको थियो ।

सो झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमाथि ढुंगा प्रहार भएको मुसलमान समुदायको आरोप छ ।

कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नगरेको दाबी गरे ।
घटनास्थलमा व्यापकरुपमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने त्यहाँको स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार