Logo

११ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज बिशाल रन अन्तरले बिजयी भएको छ ।

ग्लोबलले ममता विद्या मन्दिरलाई दुइसय ३३ रनको बिशाल अन्तरले पराजित गरेको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको ग्लोबलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै दुईसय ५२ रनको योग तयार गर्‍यो ।

जवाफी ब्याटिङ गरेको ममता विद्या ९.४ ओभर पूरै विकेट गुमाएर १९ रनमै अलआउट भएको हो ।

खेलमा निरज यादव म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार