Logo

१२ फागुन,वीरगञ्ज । वीरगञ्जमा आज जगन्नाथ रथ यात्रा निकालिदै छ । वीरगञ्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो ।

रथयात्राका लागि वीरगन्जको घण्टाघरमा तयारी गरिएको छ । घण्टाघरबाट निकालिने रथ यात्रा मुख्य सडकको माईस्थान, महाविरस्थना, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ ।

बिहान १०ः३० बजे शुरु हुने रथ यात्रा दिउँसो ३ बजे सम्पन्न हुनेछ । रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही दिन अघि वीरगञ्जमा भएको तनावले पनि जगन्नाथ रथ यात्राका क्रममा पनि सम्भावित घटना हुन सक्ने भन्दै नियन्त्रणका लागि सुरक्षा व्यावस्था कडा पारिएको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । संवेदनशील स्थानहरुमा विशेष निगारी समेत राखिएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार