Logo

१२ फागुन,वीरगञ्ज । कडा सुरक्षाको बिच वीरगञ्जमा आज जगन्नाथ रथयात्रा निकालिएको छ । वीरगञ्ज महानगरपालिकामै पहिलो पटक जगन्नाथ रथयात्रा निकालिएको हो ।

इस्कोन वीरगञ्जको आयोजनामा वीरगन्जको घण्टाघरबाट निकालिएको रथयात्रा मुख्य सडकको माईस्थान, महाविर स्थान, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।

बिहान १०ः३० बजे शुरु हुने भनिएको रथयात्रा दिउँसो १ बजेबाट शुरु भएको हो । यसैबिच रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

केहीदिन अघि वीरगञ्जमा भएको तनावले पनि जगन्नाथ रथ यात्राका क्रममा पनि सम्भावित घटना हुन सक्ने भन्दै नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको पर्सा प्रहरी बताउँछ ।

रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुले सहभागीता जनाएका थिए ।


सम्बन्धित समाचार