Logo

१५ फागुन,काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो।नामिबियाका लफ्टी इटनले सतकीय पारी खेले।

उनले ३४ बलमा सतक पूरा गरे। उनी ३६ बलमा १०१ रन बनाउँदै अविनाश बोहराको बलमा आउट भए।नामिबियाका इटनले टी–२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्।

कुशलले चीनमा मंगोलिया विरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए।यस्तै नामिबियाका मलान क्रुगरले ४८ बल खेल्दै ५९ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे।नामिबियाका मिचेल भान लिंगेनले २० रन बनाए भने जेपी क्रोज ११ रन बनाएर आउट भए।नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १÷१ विकेट लिए।


सम्बन्धित समाचार