Logo

१५ फागुन,बीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा दुई खेलहरु सम्पन्न भएका छन् । नेशनल इन्फोटेक र श्री दुर्गा तथा वीरगञ्ज पब्लिक र डेसिमल कलेजबिचको खेल सम्पन्न भएको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न दुई खेलमा नेशनल इन्फोटेक र वीरगञ्ज पब्लिक बिजयी भएका छन् । खाज सम्पन्न दोस्रो खेलमा वीरगञ्ज पब्लिकले डेसिमललाई ५ रनले हरायो । टस जितेर ब्याटिङ गरेको वीरगञ्ज पब्लिकले १८.३ ओभरमा पूरै विकेट गुमाएर एकसय २४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको डेसिमल १९.३ ओभरमा एकसय १९ रनमै समेटिएको हो । खेलमा अफसर हुसेन म्यान अफ दि म्याच घोषित भए ।

त्यसअघि आजै भएको पहिलो खेलमा नेशनल इन्फोटेकले ७ विकेटले श्री दुर्गालाई पराजित गरेको थियो । दुर्गाले दिएको लक्ष्य नेशनलले ४.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्री दुर्गाले ९.२ ओभरमा पूरै विकेटको क्षतीमा ३४ रनको सामान्य योग तयार गरेको थियो ।

पहिलो खेलमा वासिम अलि मन्सुरी म्यान अफ दि म्याच भएका थिए ।

 


सम्बन्धित समाचार