Logo

१७ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेट कपको उपाधीका लागि ग्लोबल बिजनेश कलेज र नेशनल इन्फोटेक खेल्ने भएका छन् । अल्पाइन कलेज क्रिकेटमा सम्पन्न दूईवटा सेमिफाइनल खेलहरुबाट जित निकाल्दै उनीहरुले फाइनलमा स्थान बनाएका हुन् ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा ग्लोबल बिजनेश कलेजले वीरगञ्ज पब्लिक कलेजलाई र नेशनल इन्फोटेकले मिनील्याण्डलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा नेशनलले मिनील्याण्डलाई ५७ रन अन्तरले हरायो ।

टस जितेर ब्याटिङ गरेको नेशनलले निर्धारित ओभरमा ५ विकेटकको क्षतीमा एकसय ५८ रन बनायो । जवाफी ब्याटिङ गरेको मिनील्याण्ड पूरै ओभर खेलेर ९ विकेट गुमाउँदै एकसय १ रनमै अलआउट भयो । खेलमा नितेश चौधरी म्यान अफ दि म्याच घोषित भए ।

त्यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा ग्लोबलले वीरगञ्ज पब्लिक कलेजलाई २५ रनले हराएको थियो । टस जितेर ब्याटिङ गरेको ग्लोबलले १९.५ ओभरमा पूरै विकेट गुमाएर एकसय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्ज पब्लिक १७.५ ओभरमा एकसय ३४ रनमै समेटियो ।

पहिलो खेलमा निरज यादव म्यान अफ दि म्याच घोषित भएका थिए ।

उपाधीका लागि शनिबार नेशनल इन्फोटेक र ग्लोबल बिजनेश भिड्ने छन् । खेल नारायणी क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ


सम्बन्धित समाचार