Logo

१९ फागुन, काठमाडौं। त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई÷दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्याण्ड्स सुरुदेखि नै दबाबमा परेको थियो ।


सम्बन्धित समाचार