Logo

१९ फागुन,वीरगञ्ज । पर्सामा सम्पन्न अल्पाइन इन्टर कलेज टी २० क्रिकेटको उपाधी नेशनल इन्फोटेक कलेजले हात पारेको छ । वीरगञ्जमा आज भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनले उपाधी चुमेको हो ।

नारायणी क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको नेशनलले २० ओभरमा पूरै विकेट गुमाएर एकसय २२ रन बनायो । जवाफी ब्याटिङ गरेको ग्लोबल निर्धारित ओभरमा ६ विकेट गुमाएर एकसय ६ रनमै अलआउट भएको हो ।

आजको खेलमा महम्मद सरिफ अन्सारी म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार