Logo

फाइल फोटो

२० फागुन,सेढवा । पर्साको ग्रामिण भेगमा विगत केहि समयदेखि बाघले आतंक मच्चाउँदा स्थानीय क्रसित बनेका छन् । राष्ट्रिय वनसँग सिमा जोडिएका मानववस्तीहरुमा दिनदहाडै बाघ बस्ती पसेर क्षती पु¥याउँदा स्थानीय क्रसमा बाच्ँन बाध्य छन् ।

पटेर्वासुगौली गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकामा आतंक मच्चाएको बाघ अब भने जीराभवानी गाउँपालिका प्रवेश गरेको छ ।

गएराती मात्र जीराभवानी गाउँपालिकाको वडा नंं.४ मा बाघले पशुचौपाया मारेको छ । गाउँपालिकाको वडा नं. ४ का पूर्व वडाध्यक्ष सुभाष राउतको बाख्रालाई बाघले आक्रमण गरेको हो ।

वडा नं ५ हरैया पहाडीटोलस्थित राउतले पालेको चौपायालाई खोरभित्रै पसेर बाघ आक्रमण गरि मारेको हो ।
बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शंकरसरैयाले जनाएको छ ।


सम्बन्धित समाचार