Logo

२१ फागुन, वीरगञ्ज । वीरगञ्जको गण्डकदेखि मितेरीपुल सम्मको सडक विस्तारसम्बन्धी सर्बोच्च अदालतमा परेको रिटमा सोमबार सुनुवाइ हुदैछ । उक्त मुद्दा सर्बोच्च अदालतका १० नम्बर ईजलाशका न्यायाधिश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको ईजलाशमा परेको छ ।

क्रम सँख्या ६ मा रहेको उक्त मुद्दामा सोमबार नै फैसला आउन सक्ने सम्भावना छ । ०७६ साल असोज ७ गते नै लक्ष्मण सा रौनियारले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाण्डौ समेत ६ जनालाई बिपक्षी बनाएर उत्प्रेषण मुद्दा दायर गराएका थिए ।

यस्तै ०७६ साल पुस २१ गते राजकुमारी देवी तुलस्यान र भरत प्रसाद रौनियारले ०७७ साल माघ २७ गते पनि रिट सर्बोच्चमा दर्ता गराएका थिए । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले वीरगञ्जको मुख्य सडक नभत्काउन अन्तरिम आदेश पनि दिएको थियो । सडक क्षेत्रसँग जोडिएका बासिन्दाले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि गण्डकदेखि मितेरी पुलसम्मको काम रोकिएको हो ।

पथलैयामा रहेको व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडकको क्षेत्रफल भएको हुँदा तोकिएको क्षेत्रभित्र बनेका संरचना हटाउन सूचना जारी गरेपछि सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

एक पटक पेशीमा चढेको रिट निवेदन त्यसदिन बहस हुन नसक्दा अर्को पटक ६ देखि ८ महिनाको अन्तरालमा पेशीमा चढ्ने गरेको छ । मुद्दाको अन्तिम टुँगो नलाग्दा वीरगञ्जको गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, शंकराचार्य गेट हुँदै मितेरी पुलसम्मको करिब ४ किमि सडक फराकिलो हुन सकेको छैन ।

 

 


सम्बन्धित समाचार