Logo

२३ फागुन,बारा । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले मंगलबार जीतपुरसिमरा नगर अस्पताललाई नवजात शिशुलाई बितरण गर्नको लागि ब्लाङ्केट प्रदान गरेको छ ।

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिमरा महिला साकोसका अध्यक्ष मुना खरेलले नगर अस्पतालका प्रमुख डा. प्रकाश साहलाई एक सय थान ब्लाङ्केट प्रदान गरेको हो । संस्थाले हस्तान्तरण गरेको ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुको अभिभावकलाई वितरण गरिनेछ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ब्लाङ्केट बितरण गरेको जनाएको छ । ।संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव गीता शर्माले गरेकी थिईन् । कार्यक्रममा उपाध्यक्ष भिमादेवी शर्माले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्ग रहनुभएको थियो ।

 


सम्बन्धित समाचार