Logo

२७ फागुन,वीरगञ्ज । वीरगञ्ज सुपर लिग सिजन २ को उपाधी पर्सा वारियसर्सले उचालेको छ ।

हिजो भएको फाइनल खेलमा पर्सा युनाइटेडलाई ३५ रनले हराउँदै पर्सा वारियसर्स उपाधी जितेको हो । वीरगञ्जको नारायणी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पर्सा वारियसर्सले १८.३ ओभरमा पूरै विकेट गुमाएर एकसय ९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पर्सा युनाइटेड १६.४ ओभरमै पूरै विकेट गुमाएर ७४ रनमै समेटियो । फाइनल खेलमा अकिब अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका छन् ।

यसैगरि प्रतियोगितामा एकसय १३ रन बनाएर ६ विकेट लिएका समसाद अलि मन्सुरी म्यान अफ सिरिज भएका छन् । यस्तै बेस्ट ब्याटर हासिम अन्सारी र बेस्ट बलर आसिम हवारी घोषित भएका छन् ।


सम्बन्धित समाचार