Logo

२८ फागुन,वीरगञ्ज । बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकबाट ना ६ ख ४२७१ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका सामान लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दां ट्रकमा लोड रहेका हार्डवेयर सामानको बिल शंकस्पद देखिएकाले नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक ध्रुव बहादुर श्रेष्ठले बताए ।

बरामद सामानको मूल्यांकन ३५ लाख १५ हजार ४०५ रुपैँया कायम गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार