Logo

२८ फागुन,वीरगञ्ज । पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले सीमानाकामा निरीक्षण तथा अवलोकन गरेका छन् । उनले भारतसंग जोडिएका पर्साका सीमा क्षेत्रमा अवलोकन तथा निरीक्षण गरेका छन् ।
गृहमन्त्री रबि लामिछानेले सीमाबाट हुने अपराध तथा हुने तस्करी रोक्न कडा निर्देशन दिएपछि पर्साका प्रहरी प्रमुख ढुंगेल निरीक्षण तथा अवलोकन गरेका हुन् ।

पर्सा प्रहरी प्रमुख ढुंगेलले आफू जिल्लाको कार्यभार सम्हालेपछि भारतमै पुगेर सीमानाकाको अवलोकन गरेको जनाए । उनले भने,‘गृहमन्त्रीज्यूबाट तस्करी रोक्ने सम्बन्धमा भएको निर्देशनअनुसार सीमानाकाको अवलोकनमा निस्केको हुँ, भारतको कुन ठाउँबाट कसरी तस्करी हुन्छ भन्ने जानकारी लिन पारीबाटै अवलोकन सुरु गरेको हुँ ।’

रक्सौलदेखि सिक्टासम्मको भारतीय बजारबाट पर्सासंग जोडिएका सीमानाकाको अवलोकन गरेको उनी बताउँछन् । सीमानाका अवलोकन गदैै तस्करी पूर्णरुपमा बन्द गर्न सबै प्रहरी यूनिटलाई निर्देशन दिएको उनले बताए ।

उनले भने,‘प्रहरी यूनिटहरुलाई कडा निर्देशन छ, कसैले तस्करी गरायो भने त्यसलाई कारबाही गर्छु । रोक्यो भने पुरस्कृत गर्छु । तर तस्करी गराउनेलाई भने छुट नहुने कडा निर्देशन छ ।’
गृहमन्त्रीमा रबि लामिछानेले पदभार ग्रहण गरेकै दिन सीमाबाट हुने अपराध तथा तस्करी रोक्न निर्देशन दिएका थिए ।

 


सम्बन्धित समाचार