Logo

२८ फागुन,वीरगञ्ज । पाठशाला फाउण्डेशनले कक्षा १२ पछिको अध्ययनका लागि विद्यार्थीहरुलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगन्जको वीर्ता स्थित परम्परा पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ अध्ययनपछि उच्च शिक्षा हासिल गर्न उपयुक्त शैशिक्षक संस्था र स्थानको छनोटको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा काठमाडौंका नाम चलेका कलेजका शिक्षकहरुले विद्यार्थीहरुको रुची र आर्थिक क्षमता अनुसारको अध्ययनको लागि उपयुक्त शिक्षण संस्थाहरुको बारेमा जानकारी गराएका थिए । पाठशाला फाउण्डेशनका संचालक प्रेम पटेलको अध्यक्षतमा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण विद्यार्थीहरुलाई आफूलाई पढ्न मन लाग्ने विषय र कलेज छनोटमा ध्यान पु¥याउन विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला, विभिन्न कलेजका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार