Logo

२९ फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले ५२ लाख बढी मूल्यका भन्सार छलीका सामान लोड रहेको सवारीहरु नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानमा फरकफरक स्थानबाट प्रहरीले सवारीहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले ५२ लाख ६० हजार ३८८ मूल्यका भन्सार छलीका सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहर िनायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जनाए । यलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा वडा नं. ७ जीतपुरबाट ना ३ ख ७६५६ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको उनले बताए ।

वीरगञ्जबाट नारायणतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेका १८ लाख ९४ हजार ८४ रुँपैयाका सामानको बिल शंकास्पद लागेकाले नियन्त्रणमा लिइएको डिएसपी न्यौपाको भनाइ छ ।

यसैगरि प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले जीतपुरसिमरा वडा नं. १ बाट ना ३ ख ४३६४ नम्बरको ट्रक बरामद गरेको प्रहरीले जनाएको छ । ट्रकमा लोड रहेका ३३ लाख ६६ हजार ३०४ मूल्यका खुद्रा सामानको बिल बिजक शंकास्पद देखिएकाले पक्राउ गरेको प्रहरी बताउँछ ।

पक्राउ परेका ट्रकहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार