Logo

२९ फागुन,वीरगञ्ज । प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं. २५ चण्डाल चोक सडकखण्डबाट एकजनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वल नेपाल बिओपी ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त चेकिङ टोलीले १ केजी ८०० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको हो । विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीरगञ्ज–१६ फुलवारी टोल बस्ने ४५ वर्षका ईसलाम मियाँलाई पक्राउ गरेको पर्साका प्रहरी प्रव्क्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

प्रहरीले जाँच गर्दा आफ्नो शरिरमा कालो रंगको प्लाष्टिकको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको डिएसपी थापाले बताए ।

पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार