Logo

२ चैत,वीरगञ्ज । बारामा मोटरसाइकल एकापसका ठोक्किदा एक जना युवक गम्भीर घाइते भएका छन् । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित पालिका कार्यालय अगाडी मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक युवक गम्भिर घाइते भएका हुन् ।

शुक्रबार (आज) बिहान सवा १० बजेको समयमा वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना ६५ प २८४९ नम्बरको मोटरसाइकल र बिआर ०५ जेड ९८५५ नम्बरको भारतीय प्लेटको मोटरसाइकल एकआसपमा ठककर खाएको थियो ।

दुर्घटनामा घाइते हुनेमा २८४९ नम्बरका मोटरसाइकल बिश्रामपुर गाँउपालिका वडा नम्बर १ बलिरामपुर बस्ने मुकेश शर्मा रहेका बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

घाइतेको बीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्थामा गम्भीर हेको डिएसपी न्यौपानेले बताए ।

भारतीय मोटरसाइकलका चालक भने फरार रहेको र उनको खोजी भइरहेको बारा प्रहरीले जनायो ।


सम्बन्धित समाचार