Logo

९ चैत, जनकपुर । मुख्यमन्त्री सरोजकुमार यादवले कृषिको मुख्य आधार क्षेत्र मधेश प्रदेश रहेकाले यसप्रति मधेश कृषि विश्वविद्यालयले वैज्ञानिक खेतीपातिका लागि खोजविन गर्नुपर्ने बताएको छ ।

जनकपुरधाममा शुक्रबार मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभामा बोल्दै मुख्यमन्त्री यादवले मधेशमा स्थापित कृषि विश्वविद्यालयले यस प्रदेशका किसानहरुको हकहितलाई ध्यानमा राख्दै जिविकोपार्जनमुखी व्यवसायिक तथा वैज्ञानिक व्यवस्थामा आधारित कृषिमा रुपान्तरण गर्नका लागि प्रविधिको विकासमा जोड दिन निर्देशन दिए ।
तेस्रो विश्वविद्यालय सभामा मुख्यमन्त्री यादवले मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली र प्रविधिको विकासमा जोड दिन निर्देशन दिए ।

मुख्यमन्त्री यादवले भने, ‘हाम्रो मुलुकनै कृषि प्रदान हो, त्यसमा पनि मधेश प्रदेशको मुल अर्थव्यवस्था नै कृषिमा आधारित छ । तसर्थ हाम्रौ गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाँउदो प्रविधिको विकास गर्नुको विकल्प छैन ।’

कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेकोले प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उनले स्पष्ट पारे ।

सो विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालनलगायतका कार्यमा आवश्यक पर्ने नीति नियमहरु पारित गरेको छ ।


सम्बन्धित समाचार