Logo

१७ चैत,काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा विकेट ६ विकेट गुमाउँदै २२४ रनको योगफल तयार पा¥यो। आयरल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे।

आक्रामक ब्याटिङ गरेका पिजे मोरले २५ बलमै ६५ रन बनाए। यस्तै आयरल्यान्डका कप्तान नील रकले सर्वाधिक रन बनाए। उनले मात्र नटआउट खेल्दै ३४ बलमा ७१ रन जोडे। यस्तै जेम्स म्याकुलमले २६, रस अदिरले १७, ग्रेथ डेन्लीले १०, स्टेफिन दोहेनीले ४, केड कार्मिकेलले १ रन जोड्दा फिन हान्डले नटआउट १९ रनको योगदान दिए।

नेपालका लागि सागर ढकालले तीन विकेट लिए। कमलसिंह ऐरी र पवन सर्राफले एक÷एक विकेट लिए। एक विकेट रनआउट मार्फत् प्राप्त भएको थियो। आज रासिद खान महँगा सावित भए। ४ ओभरमा उनले बिना विकेट ३९ रन खर्चिए।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। २२३ रनको लक्ष्य पाएको नेपाल १९ दशमलव ३ ओभरमा २०१ रन बनाउँदै अलआउट भएको थियो।


सम्बन्धित समाचार