Logo

१७ चैत्र, बारा । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।

बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको अभिभावक बिर्जु चौधरीले औल्याउँनुभएको थियो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको अभिभावक भेलामा अर्का अभिभावक अनुपा गिरीले बताउँनुभयो । औराहा बिद्यालयमा राम्रो पढाई भएका कारण बोडिङ्ग स्कुलबाट आफनो बच्चाको नाम कटाएर पढाउँने गरेको जानकारी दिनुभयो ।बिद्यालयका प्रधानध्यापक रामदत्त जोसिले बिद्यालयको शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयमा पढाउँने शिक्षक र कार्यरत कर्मचारीको छोराछोरी यही बिद्यालयमा पढाउँनुपर्ने उद्घोष गरेका थिए ।

प्रधानध्यापक जोसिले बिद्यालयको बर्तमान अवस्था ,उदेश्य र भाबी योजनाको बिषयमा अभिभावकहरुलाई जानकारी गराएका थिए । अभिभावक भेलामा अघिल्लो एस.ई.ई.मा सबैभन्दा धेरै बिद्यार्थी उतिर्ण गराउँन सफल लेखा बिषयका शिक्षक तथा सह प्रधानध्यापक दिपक प्रसाद भट्ट ,शारीरिक रुपमा अशक्त भएपनि शैक्षिक क्रियाकलापमा उत्साहजनक क्रियाशिलता जनाएका शिक्षक धन प्रसाद बजगाँई ,सबैभन्दा बढी हाजिर हुने शिक्षक सुनिल चौधरी र अघिल्लो एस.ई.ई.मा बारा जिल्लाको सामुदायिक बिद्यालयहरु भन्दा सबैभन्दा बढी जि.पि.ए. ल्याई उतिर्ण हुने बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

बिद्यालयका लेखापाल निराजन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयको भाबी बजेटको बिषयमा जानकारी गराएका थिए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शेष नसिम हुसेनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष हुसेनले विद्यालयका आ–आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गा¥हो भएको अनुभव गरेको बताएका थिए ।

उनले राम्रो पढाईलेखाई गर्ने बिद्यार्थीको अभिभावकलाई पनि सम्मान गर्ने परिपाटि अगाडि बढाउँनुपर्नेमा जोड दिए । बिद्यार्थी अनुउपस्थित हुँदा बिद्यार्थी बिद्यालय नआउँनुको कारण फोन गरेर बुझन अनुरोध गरे । बिद्यालयका सह प्रधानध्यापक दिपक भट्टको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक चुडामणी शर्माले गरेका थिए । कार्यक्रममा शिक्षक प्रजापति त्रिपाठी र डिल्लिीराम खरेलले बिद्यालयले गरेको कार्यको बिषयमा जानकारी दिँदैँ अभिभावकहरुले ध्यान दिनुपर्ने कुराको बिषयमा जानकारी दिएका थिए ।


सम्बन्धित समाचार