Logo

१८ चैत,काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज भारतको स्टेट टीम गुजरातसँग खेल्दैछ।

उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ।
नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछन्। सिरिज डबल राउन्ड रोबिनमा हुनेछ।

शनिबार नेपाली टोली भारत पुगेको थियो। एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले उक्त सिरिज खेल्न लागेको हो।


सम्बन्धित समाचार