Logo

२० चैत,वीरगञ्ज । बारा प्रहरीले हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले गरेको जाँचका क्रममा १३ लाख ५० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकलमा भारतफर्तबाट कलैया प्रवेश गर्दै गरेको अवस्थामा विश्रापुर गाउँपालिकाको वडा नम्बर ४ मुसहरवाबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले रमेश कुश्वाहा प्रसाद कुश्वाहा र हरिकिशोर प्रसाद पटेललाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक तयारी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।
उनीहरुको साथबाट मधेशप्रदेश २ ०३ ०१६ पको २३३७ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरी भनाइ छ ।


सम्बन्धित समाचार