Logo

२० चैत,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छलीका ५ लाख मूल्य बढीका सामान बरामद गरेको छ । प्रहरीले ५ लाख ५३ हजार ७३५ मूल्यका भन्सार छलीका सामानहरू बरामद गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियानको क्रममा फरकफरक स्थानहरुबाट भन्सार छलीका सामान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।  उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले २ लाख ५४ हजार ३५ रूपैयाँका सामान पक्राउ गरेको हो ।

युरिया मल  ५१ बोरा, मैदा ८ बोरा, रिफाइन तेल ६४.५ लिटर, बच्चाको कपडा ९० पिस, डोरी २४ पिस, जुत्ता बनाउने छाला ४४४ पिस, चिनी ४८ किलोग्राम, माजा ९० पिस, फिज ३० पिस, साडी ६७ पिस, थानको कपडा ६ बण्डल, गम्छा ५ पिस, टिंकु सुपारी १०.५ केजी, राज निवास ५.५ किलोग्राम, तुलसी २०४ पिस र झुल २ पिस बरामद गरेको प्रहरीले जनायो ।

यसैगरी इलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुरसिमरा-१ स्थित हुलास अगाडिबाट ८१ हजार मुल्यको सामान नियन्त्रणमा लिएको छ । वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ५९ पिस कुर्ता, साडी १ पिस, पाइन्टको कपडा ६ थान, सुर्ट कपडा २ थान, रातो कपडा २ थान, प्याज २५० केजी, चिनी ५० किलोग्राम पक्राउ गरेको प्रवक्ता  न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय अखलेखगन्जले जीतपुरसिमरा-२१ बाट बा २ च ८४४७ नम्बरको पिकअपबाट २ लाख मुल्यका  टमाटर १ हजार किलोग्राम, प्याज १ हजार ५ सय केजी बरामद गरेको छ  । यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ना ४ ख ३९६२ नम्बरको बसबाट २०० किलो चिनी र १०० किलो प्याज पक्राउ गरेको प्रहरीले जनायो ।
बरामद सामानमाथि आवश्यक कारवाही अघि बढाइएको बारा प्रहरी बताँउछ ।


सम्बन्धित समाचार