Logo

२० चैत,वीरगञ्ज । प्रतिवन्धित लागुऔषधसहित बाराबाट दुईजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट लागुऔषधसहित दुइजना पक्राउ परेका हुन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अखलेखगन्ज र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले लागुऔषध सहित दुइजनालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकलमा सवार दुइजनाबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ट्यांकीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध ओनेरेक्स १०० एमएलको ३९ बोत्तल फेला पारेको मधेश प्रदेश प्रहरीले जनायो ।

पक्राउ पर्नेहरुमा चालक मकवानपुर हेटौंडा- १३ बस्ने २४ वर्षका सुभराज मोक्तान र पछाडी सवार वडा नम्बर ४ बस्ने २२ वर्षका निरज गोले रहेका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अखलेगन्जमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरी बताँउछ ।


सम्बन्धित समाचार