Logo

२० चैत,वीरगञ्ज । रौतहटबाट प्रहरीले भरुवा बन्दुकसहित दुइजनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रपर नगरपालिका वडा नम्बर १ पौराइबाट भरुवा बन्दुकसहित दुइजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३४ वर्षका शेरब सिंह गोले र ३५ वर्षका धर्मजित स्याङतान रहेका छन् । धर्मजितले भरुवा बन्दुक राखेको सूचनाको आधारमा जाँच गर्दा इलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराइ रौतहटबाट खटिएको संयुक्त  प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

भकारीभित्र लुकाइछिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान बरामद भएको प्रहरीले जनायो ।  पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार