Logo

२१ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ।


सम्बन्धित समाचार