Logo

२१ चैत,काठमाडौं– नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको हो। ५० ओभरको खेलमा आयरल्याण्डले नेपालको कसिलो बलिङ सामु पूरै खेल्न सकेन।

नेपालका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ३८औं ओभरमा ह्याट्रिक पूरा गरे। उनीसँगै साहब आलम र मौसम ढकालले समान २–२ विकेट लिए। आयरल्याण्डका लागि सर्वाधिक रन केड कार्माइकलले ५१ रन बनाए।

आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए। नेपालले पहिले बलिङ गरेको थियो।

आयरल्यान्ड वल्भ्सले टी–२० सिरिज २–१ ले जितेको थियो। अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

 


सम्बन्धित समाचार