Logo

२१ चैत,वीरगञ्ज । पर्सा प्रहरीले ५० लाख मूल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ । प्रहरीले ५० लाख १२ हजार १८० मूल्य बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ पावर हाउस चोकबाट ना.८ ख ३५४९ नम्बरको ट्रकमा लोड रहेको ४१ लाख ९३ हजार १० रुपैँया बराबरका कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको प्रहरीले जनायो ।

यस्तै वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट चोरी पैठारी गरी भारतबाट ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधीहरू ८ लाख १९ हजार १७० रुपैँयाको बरामद गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।

पक्राउ परेका सामानहरुमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार