Logo

२२ चैत,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो ।


सम्बन्धित समाचार