Logo

What causes the investigation process of Chinese citizens to be affected?

२२ चैत,वीरगञ्ज । ६ दिन अगाडि बीरगन्जबाट पक्राउ परेका चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया अझ अन्योलतामै छ । पक्राउ परेकाहरुमाथिको अनुसन्धान साँघुरो नहुँदा प्रहरी अनुसन्धान अझ अन्योलतामै रहेको बताइएको छ ।

अर्था्त अनुसन्धान अझ निचोडतर्फ पुग्न सकेको छैन् । अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकको अहिलेसम्म कागजात, भिसा, पासपोर्टसहितका बरामद विद्युतीय सामग्रीको जाँचमा मात्रै भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकहरुसंगको अनुसन्धान प्रक्रिया मुख्य तीन कारणले प्रभावित बनेको छ । मुख्यतःजिल्ला प्रहरी कार्यालयसंग दक्ष अनुसन्धान अधिकृतको अभाव, भाषागत समस्या, प्रविधिबारे जानकारको कमीका कारण पक्राउ परेका चिनियाँ नागरिकहरुको अनुसन्धान प्रभावित बन्दै गएको बताइन्छ ।

उपत्यकापछि पहिलोपटक अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई बीरगन्जबाट पक्राउ परेका कारणले जिल्लामा त्यसस्तरको दक्ष अनुसन्धान अधिकृत नभएकाले चिनियाँहरुको सवालमा कठिनाइ आएको प्रहरीका एक अधिकारी बताउँछन् ।

उनका अनुसार पक्राउ परेकाहरुसंग उच्चस्तरीय प्रविधि  छ तथा, सबै चाइनीज भाषमै लेखिएको छ । ‘तर हामीसंग त्यो लेभलको दक्ष अनुसन्धान अधिकृत छैनन्, नत प्रविधिबारे जानकार नै छन् । जुनकारणले अनुसन्धानमा कठिनाइ आइरहेको छ,’ उनले भने ।

चिनियाँहरुको अनुसन्धानमा कठिनाइ आएपछि पर्सा प्रहरीले केन्द्रीय प्रहरी मुख्यालयसंग समन्वय गरेर अगाडि बढ्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

१७ चैतमा आर्थिक नगरी बीरगन्जबाट ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले चिनको हुनान सहरका ३३ वर्षका लिउ गुइ कै, हुबेई चिनका २६ वर्षीय वाङ बोहन र सोही ठाउँका ३६ वर्षका छियाङ छियावलाई पक्राउ गरेको हो ।

तीनै जना पर्यटक भिसामा नेपाल आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बीरगन्ज महानगरको वडा नम्बर १५ स्थितको नन्दु पटेलको घरमा छापामारीपछि नजिकैको सडकबाट २ जना र वृन्दावन होटलबाट एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।

बीरगन्जमा अढाइ तल्ले घर भाडामा लिएर अनलाइनमार्फत ठगी धन्दा चलाएका चिनियाँ गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार