Logo

२२ चैत, काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. बीच बुधबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईद्वारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पुँजी बजारसंग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गरिने भएको छ ।

यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु¥याउनेछ भन्ने विश्वास गरिएको नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले बताउनु भयो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पुर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा, तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।

उक्त कम्पनीले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने योजना रहेको भट्टराईले जानकारी दिनु भयो ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको गरिमा क्यापिटल लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताउनु भयो ।

सम्झौता पत्रमा संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको लागी अन्य व्यावसायिक साझेदारी सम्झौताहरु मार्फत नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार