Logo

२२ चैत,वीरगञ्ज । बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी अन्य मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार बस्ने ४० वर्षका साहेब नट रहेका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

उनीमाथि जिल्ला अदालत बाराले १ महिना १५ दिन कैद र ७ हजार ५०० जरिवाना फैसला गरेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार