Logo

२३ चैत,वीरगञ्ज । बाराको रिलायन्स सुगर मिल्स बन्द भएको छ । लक्ष्य अनुसारको उँखु नपाएपछि रिलायन्स मिल्स बन्द भएको हो । मिलले क्रसिङ सुरु गर्नुभन्दा अगाडी गरेको सर्वेक्षणको आधारमा लक्ष्य निर्धारित गरेपनि उखु किसानले अरु चिनीमिललाई उखु बिक्री गरेपछि उखु अभाव भएको मिल प्रशासनले जनाएको छ ।

यसवर्ष क्रसिङ सिजनमा रिलायन्स सुगर मिल्सले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ मंसिर २४ गतेबाट उखु क्रसिंग सुरु गरेको थियो । चिनी मिलले लक्ष्य अनुसारको उखु नपाएपछि एक महिना अगाडि नै बन्द भएको छ ।

गत मसिंर २४ गते देखि यो सिजनमा क्रसिङ्ग सुरु गरे यता जम्मा २३ लाख ६४ हजार क्विन्टल उखु क्रसिंग गरि एक महिना अगाडि नै बन्द गरेको हो । यसवर्ष बारा र पर्साका ७ हजार ९ सय ८० जना किसानले कुल ९ हजार ३ सय बिघामा उखु खेती गरेका थिए । जसमा किसानले बिक्रि गरेको उखुको पैसा १ अर्व ३२ करोड ५२ लाख २० हजार रुपैया भुक्तानी गरिसकेको मिलले जनाएको छ ।

यसरी चिनीमिलको क्षेत्रमा कृषकहरुले लगाएको उखु अन्य चनिमिलमा जानुमा कृषक र सरकार दुबैको कमजोरी भएको रिलायन्स सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज, बाराका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले बताए ।
चिनिमिलले कृषकहरु माथि लगानी कसरी गर्ने भनि उनले प्रश्न गरे । उखु खेती आधुनिक तरिकाले गरे अन्य बालीभन्दा बढी मुनाफा हुने गरेको समेत उनको भनाइ छ ।

आधुनिक तरिकाले उखु उत्पादन गर्न कृषि प्राविधिकहरुहरुलाई फिल्डमा नै खटाएको र उहाँहरुको सल्लाह बमोजिम नै खेती गर्न किसानहरुलाई आग्रह गरिएको इण्डष्ट्रिजका कार्यकारी निर्देशक शैलेन्द्रले जनाए ।


सम्बन्धित समाचार