Logo

२ बैशाख, वीरगञ्ज । आशा किरण केन्द्रमा उपकार सेवा नेपाल नामक सस्ंथाले पंखा वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित केन्द्रमा सस्ंथाले पंखा वितरण गरेको हो ।

बढ्दो गर्मीलाई मध्यनजर गर्दै केन्द्रमा रहेका २८ जना सुस्त मनस्थिती भएका बालबालिकाका लागि २ थान सिलिङ पंखा उपलब्ध गराइएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए ।

केन्द्रको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उपकार सेवा नेपालकी सस्ंथाकी अध्यक्ष विद्या कुमारी सरावगीले आशा किरण केन्द्रकी कार्य समिति संयोजक नुतन सरावगीलाई पंखा हस्तान्तरण गरिन् ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाका सदस्य सुमन बगेडिया लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार