Logo

१३ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका कपडासहित मालबाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ । अलौंमा रहेको एकीकृत जाँच पोस्ट( आइसीपी) बाट बीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर पिकअपसहित बिल विजक भन्दा बढी लोड रहेको कपडा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँचबाट ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरिएको प्रहरीले जनाएको हो ।
बीरगन्जको आइसीपीबाट बिआर ०५ जीए ९०४२ नम्बरको मालबाहक पिकअप र बीआर २२ क्यू ७७२७ नम्बरको ट्रयाक्टरबाट विभिन्न किसिमका कपडा बरामद गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार