Logo

१४ वैशाख, वीरगञ्ज । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

फैसलामा चित नबुझेको भन्दै उनीहरुले सर्वोच्च सर्बोचमा अदालतमा पुनरावेदन गरेका थिए ।

हिजो न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

सर्वोच्चले थुनामै राख्न आदेश दिएकाहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।

सर्वोच्चले नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।


सम्बन्धित समाचार