Logo

२३ वैशाख, वीरगञ्ज । आज जापानकी विदेशमन्त्री कामिकावा योको नेपाल आउँदै छिन् । उनी एक दिने नेपाल भ्रमणमा लागि .नेपाल आउन लागेकी हुन्।

जापानी विदेशमन्त्री कामिकावाले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै उनले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

विदेशमन्त्री कामिकावा आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि यो पहिलो पटक हो ।


सम्बन्धित समाचार