Logo

२५ वैशाख, वीरगन्ज । मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले उनलाई ३० हजार रकम सहित रङ्गेहात पक्राउ गरेको हो ।

उनले जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

विशेष सुचनाको आधारमा उनलाई सोमबार सेवाग्राही सँग ३० हजार रकम लिदैगर्दा रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


सम्बन्धित समाचार