Logo

२ जेठ, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले चालु आर्थिक वर्ष २०८०/८१ को दश महिना अवधिमा रु दुई करोड ४३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

ट्राफिक नियमको उल्लंघन गर्ने २८ हजार तिन सय सवारीसाधनमाथि कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व संकलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरी निरिक्षक महतोको अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चार हजार चार सय २५ सवारी साधनलाई कार्वाही गरी ३१ लाख ४० हजार पाँच सय राजश्व संकलन गरीएको छ । भने भदौ महिनामा दुई हजार तिन सय ७७ सवारीसाधनबाट रु १७ लाख एक हजार, असोज महिनामा दुई हजार चार सय ७८ सवारी साधनबाट रु २१ लाख ३७ हजार पाँच सय, कार्तिक महिनामा एक हजार आठ सय ५५ सवारीसाधनबाट रु १६ लाख ४३ हजार पाँच सय, मंसिर महिनामा दुई हजार चार सय ४१ सवारी साधनबाट रु २३ लाख ४० हजार राजश्व संकलन गरेको छ ।

यस्तै पौष महिनामा तिन हजार एक सय ६२ सवारी साधनबाट रु २७ लाख ५३ हजार, माघ महिनामा दुई हजार ९ सय ६१ सवारी साधनबाट रु २५ लाख ९९ हजार पाँच सय, फागुन महिनामा तिन हजार एक सय ९२ सवारी साधनबाट रु २७ लाख ८४ हजार पाँच सय, चैत्र महिनामा दुई हजार ६ सय ८१ सवारी साधनबाट रु २५ लाख ६५ हजार पाँच सय र बैशाख महिनामा दुई हजार सात सय ५५ सवारी साधनबाट रु २६ लाख ५० हजार पाँच सय गरी जम्मा दुई करोड ४३ लाख १५ हजार पाँच सय राजश्व संकलन गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ ।

साथै ट्राफिक प्रहरीको काम कर्तव्य मात्र राजश्व संकलन नभएर सवारी दुर्घटना न्युनिकरण गर्नु पर्ने भएकोले चालु आर्थिक वर्षमा जनचेतनामुलक ९ सय ३५ पटक संचालन गरी ७३ हजार ९ सय पाँच जनालाई ट्राफिक सम्बन्धि जानकारी दिईएको छ ।

जस अन्तरगत ट्राफिक प्रहरीले बिधार्थीहरुलाई कक्षा कोठामा कक्षा सँचालन, समुदायमा जनसमुदायलाई भेला गरी तथा बिभिन्न किसिमको कार्यक्रम गरी जनचेतना जगाउने काम गरीएको छ ।

धेरै लाई ट्राफिक सम्बन्धि जानकारी नभएकोले नै बढी सवारी दुर्घटना हुने गरेको हुँदा यस्ता जनचेतानाका कार्यक्रम गर्दै आएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक रामकुमार महतो बताए ।

त्यस्तै चालु आर्थिक वर्षको १० महिनामा सात ९२ वटा सवारी दुर्घटना भएको छ । भने सवारी दुर्घटनामा ७२ जनाको मृत्य भएको छ ।

बाराको शहरी सडकमा ८७ वटा, ग्रामिण सडकमा पाँच सय ८४ र हाईवे सडकमा एक २१ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित समाचार