Logo

काठमाडौँ, २८ वैशाख : नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

३ जेठ, काठमाडौं । प्रधानमन्त्रीको आग्रहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको कांग्रेस बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि संसदलाई सुचारु गर्न सहमत भएको हो ।

आज विहान ११ बजेको लागि बोलाइएको संसद बैठक प्रधानमन्त्रीको आग्रहमा सभामुखले ४ बजेको लागि सारेका थिए । आज ४ बजे बस्ने संसद बैठकमा गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न दिने सहमति भएको छ । गृह मन्त्रीले भनाई राखेपछि नेपाली कांग्रेसले समेत बोल्नेगरी सहमति भएको कांग्रेसका एक सांसदले बताए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका छन्।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग थियो। उता, सभापति लामिछानेले भने आफूले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै आएका थिए।

कांग्रेसले अवरुद्ध संसद् खुलाएर गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि समिति बनाउनुपर्नेबारे आफ्ना माग राख्नेगरी रणनीति अख्तियार गरेको एक नेताले जानकारी दिए।


सम्बन्धित समाचार