Logo

फाइल तस्बिर

३ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालयले ४० अर्ब रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनाको अवधिमा उक्त रकम संकलन गरेको हो ।

आइसिपीले उपलब्ध गराएको तथ्यांक अनुसार कार्यालयले उक्त समयमा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैँया संकलन गरेको हो । यो कार्यालयले पाएको लक्ष्यको ६० दशमलव ७२ प्रतिशत हो ।
कार्यालयले चालु आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो ।

कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले आर्थिक मन्दीका कारण बजार सुस्ताएकोले अपेक्षा गरे अनुसारको राजश्व संकलन नभएको बताए । प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुने गरेको छ ।

विगतमा दैनिक तीन वटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा अहिले दुई वटाबाट आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।


सम्बन्धित समाचार