Logo

५ जेठ, काठमान्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।

केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक र कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भनेर १५ दिनभित्र विवरण पेस गर्न भनेको हो ।

केन्द्रले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाईको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने शिक्षकहरुको विवरणसमेत माग गरेको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही ७ वैशाखमा केन्द्रलाई पत्राचार गर्दै दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा निर्देशन दिएको थियो ।

त्यसलगत्तै केन्द्रले यो निर्णय कार्यान्वयन गर्न देशभरका इकाइ तथा स्थानीय तहहरूलाई पत्राचार गरेको थियो ।


सम्बन्धित समाचार