Logo

६ जेठ,वीरगञ्ज । भारत विहारसंग सीमासंग जोडिएका पर्सा सीमानाका क्षेत्र २ दिनसम्म बन्द हुने भएको छ । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा १२ जेठमा हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारत विहारसँग जोडिएका पर्सा जिल्लाको सीमानाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै सीमानाका बन्द रहने जानकारी गराएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि गएको फागुन ५ गते बसेका सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि भारतसँगको सीमासँग नाका जोडिएका जिल्लाहरुको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० गतेदेखि १२ गतेसम्म सीमानाका बन्द रहने जानकारी गराएको छ । बिहारको पश्चिम चम्पारण, बेतियाले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेको थियो । सूचनामार्फत १० जेठको विहान ६ बजेदखि १२ गते बेलुकी ६ बजेसम्म रहने बताइएको छ । प्रशासनले ४८ घण्टाको लागि भारत विहारसँग जोडिएका पर्साको सीमानाकाहरु बन्द रहने जानकारी दिएको छ ।


सम्बन्धित समाचार